विराटनगर– हत्यामा दोषी ठहर भएको २४ वर्षपछि भोजपुरको पौवादुम्मा गाउँपालिका–६ का ४६ वर्षीय शान्त कुमार राईलाई प्रहरीले पक्राउ गरेको छ । ।

जिल्ला प्रहरी कार्यालय भोजपुरको अनुसार साविक ठुलोदुम्मा गाविस–८ का विजय कुमार राईलाई शान्त कुमारले २०५७ को साउन १३ मा निर्घात कुटपिट गरी घाइते बनाएका थिए । विजयकुमारको जिल्ला अस्पताल भोजपुरमा उपचारको क्रममा साउन १८ मा मृत्यु भएको थियो ।

तत्कालै फरार रहेर लुकेर बस्दै आएका राईको प्रहरीले खोजबीन जारी राखेको थियो । गाउँघरमा आएको अवस्थामा प्रहरीले फागुन २५ मा शान्त कुमारलाई पक्रेको हो । राईलाई तोकिएको कैद सजाय भुक्तानको लागि जिल्ला कारगार भोजपुर पठाइएको छ ।