विराटनगर – जंगली हात्तीको आक्रमणबाट बर्दियाको ठाकुरबाबा– २ बलातीका ६० वर्षीय बलिराम थारुको बुधबार राती मृत्यु भएको हो ।
बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको हात्तीले थारुलाई आक्रमण गरेको प्रहरीले जनाएको छ । उनी मध्यराति घर नजिकको बारीमा आएको जंगली हात्तीलाई धपाउन गएको बेला आक्रमण परेको प्रहरीले जनाएको छ ।
हात्तीले टाउको कुल्चिँदा उनको तत्कालै मृत्यु भएको हो ।क्षतिपूर्तिको मागका साथ स्थानीयले पूर्व पश्चिम राजमार्ग बन्द गरेका छन् ।’ घटनास्थलमा पुगेर प्रहरीले सहजीकरण गरिरहेको छ ।