विराटनगर– मोरङ, सुनसरी र झापाको विभिन्न ठाउँबाट लागूऔषध ब्राउन सुगरसहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका ५ बाट लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले जाँको क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको को२३प ४१ नम्बरको स्कुटरमा सवार सुनसरीको धरान उपमहानगरपालिका ८ का २३ वर्षीय कुबिर राई र २१ वर्षीय समिर राईलाई २ ग्राम ७९० मिलीग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
त्यसैगरी सुनसरी धरान उपमहानगरपालिका १३ बाट अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको टोलीले जाँचको क्रममा स्थानीय २४ वर्षीय धने राईलाई १ ग्राम २२० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो भने झापाको कनकाई नगरपालिका ४ बाट इलाका प्रहरी कार्यालय सुरुङगाले स्थानीय ३३ वर्षीय ईन्द्र चौधरी र उनकी पत्नी ३२ वर्षीया ममता चौधरीलाई ८ किलो ४० ग्राम लागूऔषध गाँजा सहित नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरीले जनाएको छ ।