विराटनगर– संखुवासभाको मकालु गाउँपालिका–३ सिद्धानेखर्क सिम्मामा शुक्रबार राति चट्याङ लाग्दा ४० भेडाको मृत्यु भएको छ ।
स्थानीय टेकबहादुर मेघीको भेडीगोठमा चट्याङ परेको प्रहरीले जनाएको छ । गोठमा २५० भेडा थिए ।
गत वर्षको जेठमा संखुवासभाकै सभापोखरी गाउँपालिका–५ फाकुवामा चट्याङ खस्दा ७२ भेडाको मृत्यु भएको थियो । चट्याङ पर्दा पशुपालकहरूलाई ठूलो क्षति पुर्याउँछ । । गत वर्षको साउनमा जुम्लाको तिला गाउँपालिका–७ मा चट्याङ लागेर १७ किसानका १ सय २९ भेडा मरेका थिए ।