काठमाडौं –चीनको स्वशासित क्षेत्र तिब्बतको टिंग्री काउन्टीमा बुधबार साँझ ६ बजेर २७ मिनेटमा ५.५ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यसको केन्द्रविन्दु टिंग्री काउन्टी आसपास रहेको छ ।
यसअघि जनवरी ७, २०२५ मा उक्त क्षेत्रमा गएको ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा कम्तीमा १ सय २६ जनाको मृत्यु भएको थियो । १८८ जना घाइते भएका थिए
त्यसपछि पनि जनवरी १३ मा ४.९ र ५.० म्याग्निच्युडका परकम्पहरू महसुस गरिएको थियो । हालसम्म बुधबारको भूकम्पबाट कुनै क्षति वा हताहतीको विवरण प्राप्त भएको छैन । स्थानीय अधिकारीहरूले थप जानकारी संकलन गरिरहेका छन् ।