विराटनगर– प्रहरीले काठमाडौँको बौद्धबाट २० लाख ९२ हजार नेरु र एक मोबाइल सहित तिब्बती महिला २६ वर्षीया रिक्से वाङमोलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार उनी पछिल्लो समय भारतको सुजा मडीमा बस्दै आएकी छन् । हुण्डीको अवैध कारोबार भइरहेको सूचना पाएपछि प्रहरी टोलीले खानतलासी गर्दा वाङमोको साथबाट उक्त रकम बरामद भएको हो । उनीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।