विराटनगर– मोरङ प्रहरीले स्रोत नखुलेको ७ लाख १५ हजार नगदसहित एक जनालाई विराटनगर ९ महेन्द्रचोकबाट सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर १५ का २४ वर्षीय रोहितकुमार साह रहेको प्रहरीले जनाएको छ । 

विराटनगर बजारतर्फ आउँदै गरेको साहलाई शंका लागि जाँच गर्ने क्रममा उनको साथबाट उक्त रकम बरामद भएको जिल्ल प्रहरी मोरङका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले बताए । उनको थप अनुसन्धान भइरहेको उनले जनाए ।