विराटनगर– एक किशोरीलाई चार वर्षदेखि यौन व्यवसायमा लगाइरहेको आरोपमा बागलुङ प्रहरीले दुई महिलालाई पक्राउ गरेको छ । 

प्रहरीका अनुसार बागलुङ ढोरपाटन–१ को बुर्तिवाङ बजारबाट बिहीबार उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा तमानखोला–१ की ४० वर्षीया प्रितिमा विक र बुर्तिवाङमै बसन्त रेष्टुरेन्ट एण्ड सेकुवा कर्नरकी सञ्चालिका मकवानपुरको कैलाश–९ की ३७ वर्षीया खिमकुमारी बोम्जनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले पीडित १६ वर्षीय किशोरीलाई ४ वर्षदेखि होटलमा राखेर यौन व्यवसाय सञ्चालन गरेको सूचना पछि कारबाही अगाडि बढाएको प्रहरीले जनाएको छ ।  छापा मारेर प्रमाणसहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले बताएको छ । 
आरोपीद्वयलाई मानवेचविखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अन्र्तगत वेश्यावृत्तिमा लगाउन नहुने सम्बन्धी कसुरमा म्याद थप गरेर अनुसन्धान पनि थालेको प्रहरीले जनाएको छ ।