विराटनगर — मानव बेचबिखन तथा ओसारपसारको आरोपमा वीरगञ्ज महानगरपालिका–१६ की २० वर्षीया आलिया खातुनलाई  प्रहरीले पक्राउ गरेको छ।

खातुनले विभिन्न प्रलोभन देखाइ एक महिलालाई भारतको बिहार, रक्सौलस्थित होटलमा यौन क्रियाकलापमा संलग्न गराएको उजुरीपछि इलाका प्रहरी कार्यालय नगवाबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीले पीडितलाई पनि उद्धार गरेको जनाएको छ।

आलियामाथि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ बमोजिमको कसूरमा अनुसन्धान अघि बढाइएको छ। पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद अनुमति लिइ थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।