विराटनगर — ओखलढुंगास्थित सघन सहरी तथा भवन निर्माण आयोजनामा कार्यरत इन्जिनियर सन्तोषकुमार यादव पाँच लाख ७० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।
खोटाङमा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानीका लागि घुस लिइरहेको अवस्थामा बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको टोलीले उनलाई भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ स्थित लोकन्थलीबाट रंगेहात पक्राउ गरेको हो।अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार यादवमाथि थप अनुसन्धान भइरहेको छ।