विराटनगर– महोत्तरीको औरही नगरपालिका–४ कठुधारबाट स्रोत नखुलेको ८ लाख रुपैयाँसहित दुई जना युवक आइतबार दिउँसो पक्राउ परेका छन्।पक्राउ पर्नेमा साम्सी गाउँपालिका–७ का २५ वर्षीय रवि साह र भारत सितामढी कनवाका २० वर्षीय रितेश साह रहेका छन्।
अस्थायी प्रहरी पोष्ट कठुधारबाट खटिएको टोलीले सम्सीबाट गौशालातर्फ जाँदै गरेको मधेश प्रदेश ०२–००७ प ९६८१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूलाई रकमसहित पक्राउ गरेको हो।हाल घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।