काठमाडौँ – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलरसहित प्रमुख मुद्राहरूको भाउमा सामान्य वृद्धि देखिएको छ।

एक अमेरिकी डलरको खरिददर १३६ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३३ पैसा कायम गरिएको छ। अघिल्लो दिनको तुलनामा डलरको खरिद र बिक्री दुवै दरमा एक–एक पैसा वृद्धि भएको हो। बुधबार खरिददर १३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३२ पैसा थियो।

यस्तै युरोपियन युरो एकको खरिददर १५५ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५५ रुपैयाँ ७१ पैसा तोकिएको छ। बेलायती पाउन्डको खरिददर १८३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १८४ रुपैयाँ १७ पैसा पुगेको छ।

स्वीस फ्र्यांक, अस्ट्रेलियन डलर, क्यानेडियन डलर, सिंगापुर डलर, जापानी येन, चिनियाँ युआन, भारतीय रुपैयाँ लगायत अन्य मुद्राहरूको विनिमय दरमा पनि सामान्य उतारचढाव देखिएको छ।

राष्ट्र बैंकले जारी गरेको विनिमय दर सूचि अनुसार, एक सय भारतीय रुपैयाँको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।केन्द्रीय बैंकले विनिमय दर आवश्यकताअनुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ।