विराटनगर — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ।
भारतको इन्डियन आयल कर्पोरेशनबाट शनिबार प्राप्त नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर २ रुपैयाँले, डिजेल र मट्टीतेल प्रतिलिटर १ रुपैयाँले महँगिएको निगमले जनाएको छ।
त्यसैगरी हवाई इन्धनको मूल्य भने प्रतिलिटर ३ रुपैयाँले घटेको छ।नयाँ खुद्रा बिक्री मूल्य शनिबार राति १२ बजेदेखि लागू हुने निगमले जानकारी दिएको छ।