विराटनगर– नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले पार्टीको अनुशासन समितिले गरेको कारबाहीको विषयमा केन्द्रीय समितिको निर्णय अन्तिम हुने बताएका छन् । विराटनगरमा पत्रकारहरुसँगको कुराकानीमा नेता खाँडले कारबाहीमा परेका नेताहरु पनि केन्द्रीय सदस्य रहेकोले उहाँहरुले पनि आफ्ना कुरा राख्ने र त्यसपछि मात्रै असन्तिम निर्णय हुने बताएका हुन् ।
उनले अनुशासन समितिले गरेको निर्णयलाई सौहार्दपूर्ण तरिकाले लिनु पर्ने र यो कारबाहीको बारेमा अनुशासन समितिमा छलफल हुने बताएका छन् ।
नेपाली कांग्रेसले विभिन्न पार्टीसँग गठबन्धन गरेर सरकार बनाउँदै आएको र अहिले नेकपा एमालेसँग गठबन्धन गरेर सरकार बनाएको विषयलाई स्वभाविक रुपमा लिनुपर्ने नेता खाँडले बनाएका हुन् । सात बुंदे सहमतिमा संविधान संशोधन सबैभन्दा महत्वपूर्ण विषय हो र सर्वस्विकार्य संविधान बनाउनका लागि संशोधनका लागि कांग्रेसले प्रयास गरिरहेकोले यसले सकारात्मक परिणाम ल्याउने उनले विश्वास व्यक्त गरेका छन् ।