विराटनगर– ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्र बरगाछी, विराटनगरले आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ पिन्ट रगत संकलन भएको छ । 

राजयोगिनी दादी प्रकाशमणीको १८ औं पुण्यतिथी तथा विश्वबन्धुत्व दिवसको अवसरमा अन्तर्राष्ट्रियस्तरको ग्लोबल मेगा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । उक्त अवसरमा ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्र बरगाछी, विराटनगरले पहिलो दिन शुक्रबार आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेको उपसेवा केन्द्रकी सञ्चालिका ब्रह्मकुमारी तारा दिदीले बताइन् । उक्त रक्तदान कार्यक्रम नेपाल रेडक्रश सोसाइटी विराटनगरको प्राविधिक सहयोगमा आयोजना गरिएको उनले बताइन् ।