विराटनगर– नाबालिकाको आपत्तिजनक भिडियो बनाएर ब्ल्याक मेल गरेको आरोपमा एक युवकलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । काठमाडौं–१६ खरिबोटका २० वर्षीय आयुष कुँबरलाई साबर ब्यूरोको टोलीले पक्राउ गरी अनुसन्धान थालेको छ । 

सामाजिक सञ्जाल स्न्यापच्याटबाट पीडितलाई साथी बनाएर फकाइफुल्याइ अनलाइन माध्यमबाट अश्लिलता प्रदर्शन गर्न बाध्य पारेर स्क्रिन रेकर्ड गरी ब्ल्याक मेल गर्न खोजेको भन्दै पीडित पक्षले साइबर सेलमा उजुरी दिएको थियो । उक्त उजुरीको आधारमा साइबर ब्यूरोको टोलीले आयुषलाई काठमाडौँको स्वयम्भूबाट पक्राउ गरेको प्रहरी प्रधान कार्यालय महराजगञ्जका प्रवक्ता डिआईजी दिनेशकुमार आचार्यले बताए । उनको अनुसार विद्युतीय  कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौँबाटबाट ५ दिनको म्याद  लिएर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।