विराटनगर । जहदा क्रिकेट क्लवको आयोजनामा विराटनगरको मेरिवोन क्रिकेट मैदानमा भएको आठौं विष्णु माझी मेमोरियल अन्तर स्कुल क्रिकेट प्रतियोगितामा राईजिङ स्कुल र सरस्वती स्कुल विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

पहिलो खेलमा राईजिङ स्कुलले विकेभिएम स्कुललाई ५ रनले पराजित गरि सेमिफाइनलमा प्रवेश हो । टस जितेर ब्याटिङ गरेको राईजिङले निर्धारित २० ओभरमा सवै विकेट गुमाई १ सय १९ रन बनाएको थियो । राइजिङका लागि प्लेयर अफ द म्याच  रेहान शेखले सर्वाधिक ३४ रनको योगदान दिए । विकेभिएमका जितेन्द्र यादवले २ विकेट लिए ।

१ सय २० रनको लक्ष्य पछ्याएको विकेभिएमले  निर्धारित ओभर खेल्दै ८ विकेट गुमाई १ सय १४ रनमा सिमित रहयो । विकेभिएमका निखिल महतोले सर्वाधिक २० रनको योगदान दिए । राईजिङका रेहान शेखले २ विकेट लिए ।

दोस्रो खेलमा सरस्वती स्कुलले ग्रिनपिस स्कुललाई १ विकेटले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको हो । टस जितेर ब्याटिङ गरेको ग्रिनपिसले निर्धारित २० ओभरको खेलमा १९ ओभर खेल्दै सवै विकेट गुमाएर ९० रन बनाएको थियो । ग्रिनपिसका लागि मुर्सिद मन्सुरीले सर्वाधिक २६ रनको योगदान गरे । सरस्वतीका प्रसान्त यादवले २ विकेट लिए ।

९१ रनको लक्ष्य पछ्याएको सरस्वतीले १८ दशमलव २ बलमा ९ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । सरस्वतीका प्लेयर अफ द म्याच विकाश कामतले सर्वाधिक ३५ रनको योगदान दिए । ग्रिनपिसका मुर्सिद आलमले ३ विकेट लिए ।