विराटनगर– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हालैका निर्णयहरुको विरोधमा प्राडा गोविन्द केसीले सडक प्रदर्शन गरेका छन् । ट्रम्पको प्रशासनले पुनर्विचारको लागि अनुरोध गर्दै उनी काठमाडौँको सडकमा उत्रिएका हुन् ।
दूतावास नजिकै उनले प्ले कार्डसहित प्रदर्शन गरेका छन् । अमेरिकी राष्ट्रपतिको रूपमा शपथ लिएपछि ट्रम्पले अरू देशलाई दिँदै आएको सहायतामा कटौती गरेका थिए ।
अर्बपति ब्यापारी इलन मस्क नेतृत्वको ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी’ (डोज) ले अमेरिकी सहयोग नियोग यूएसएडको अनुदानमा नेपालमा सञ्चालित ६ परियोजना रोकेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अनावश्यक सरकारी खर्च कटौती गर्न मस्कको अगुवाइमा डोज गठन गरेका हुन् ।
डोजले यूएसएडको अनुदान सहयोगमा सञ्चारभर चलिरहेको २ सय ३० भन्दा बढी करार रद्द गरेको छ । यसमा नेपालका परेका ६ वटा परियोजनाको लागत १६ करोड ८१ लाख अमेरिकी डलर (२३ अर्ब ५४ करोड रुपैयाँ छ ।