विराटनगर– बर्दियामा पाँच दिनभित्र दुई हात्तीको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–३ झरसलुवा सामूदायिक वन र बडका सामूदायिक वनको सिमानामा बुधबार एक वयस्क हात्ती मृत फेला परेको हो ।
डिभिजन वन कार्यालयका अनुसार मृत भाले हात्तीको उमेर करिब ३०÷३५ वर्ष छ । वन कार्यालय प्रमुख विजय राज सुवेदीले ४/५ दिन अगाडि हात्तीको मृत्यु भएको अनुमान गरिएको बताए । पाँच दिनअघि पनि ठाकुरबाबा–४ खैलारको मसुरो बारीमा शनिबार बिहान एक वयस्क भाले हात्ती मृत भेटिएको थियो ।