विराटनगर– बलात्कार आरोपमा बझाङकै दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । तीमध्ये एक कीर्तिपुरबाट र अर्को बझाङबाटै पक्राउ भएको प्रहरीले भनेको छ ।
१९ वर्षीयालाई जबरजस्ती करणी गरेको आरोपमा बझाङ सुर्मा गाउँपालिका–२ का २५ वर्षीय सुयोग बोहरालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको कीर्तिपुर–३ पाँगादोबाटो बस्ने बोहरा विरुद्ध उजुरी परे पछि प्रहरीले कानुनी कारबाही अघि बढाएको हो । अर्को घटनामा पनि पीडित पक्षले गुहारे पछि १४ वर्षीयालाई बलात्कार गरेको आरोपमा बझाङ जयपृथ्वी नगरपालिका–७ बस्ने २१ वर्षीय अक्कल बोहरालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । यी दुवै घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।