विराटनगर– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसका नेता तथा कार्यकर्ताहरु माथि अब पार्टीभित्र कुनै किसिमको अन्याय हुन नदिने बताएका छन् । 

कांग्रेसको राप्ति स‍ोनारी गाउँपालिका सम्मेलनको उद्घाटनपछि कोइरालाले कांग्रेस कार्यकर्तालाई संरक्षण गर्ने जिम्मेवारी आप्mनो रहेकोले सबैलाई ढुक्क भएर संगठन निर्माण लाग्न आह्वान गरेका हुन । ‘ढुक्क भएर संगठन गर्नुका साथै समयमै सबैले क्रियाशिल सदस्यता नविकरण गराउनुहोस्,’ उनले भने, ‘सबै तहका कांग्रेस कार्यकर्ताहरुलाई पार्टीको विधान अनुसार अघि बढनु अहिलेको अपरिहार्यता हो ।’

पार्टीभित्र ब्यक्ति बलियो होईन, पार्टी बलियो बनाउनु पर्ने कोइरालाको भनाइ थियो । ‘आगामी महाधिवेशन निर्धारित समयमै हुनुपर्छ,’ उनले भने, ‘महाधिवेशन समयमा गराउनका लागि गाउँदेखि जिल्लासम्म सबैले समयमा क्रियाशिल सदस्यता नवीकरण लगायतको सम्पूर्ण प्रक्रिया पूरा गर्नु आवश्यक छ ।’

पार्टीको संगठन विस्तार र १५ औं महाधिवेशनलाई लक्षित गरी निरन्तर जिल्ला दौड्हामा रहेका कोइराला शनिबार नेपालगन्ज पुगेर पार्टीमा आवद्ध नेता तथा कार्यकर्ताहरुसँग छलफल गरी प्रोत्साहित गरिरहेका हुन्।