विराटनगर– काठमाडौँको गोकर्णेश्वर–५ चामुण्डाचोकबाट शनिबार सालकको खपेटा ८ किलो ५ सय ग्राम सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । 
पक्राउ पर्नेहरूमा गोकर्णेश्वर जोरपाटी बस्ने सर्लाही बरहथवा–९ का ४८ वर्षीय कुवेर बहादुर स्याङ्तान, ललितपुर महालक्ष्मी–७ बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका–५ का ४० वर्षीय सन्त बहादुर गुरूङ, काठमाडौँ कागेश्वरी मनोहरा–५ थली बस्ने ओखलढुंगा मोलुङ गाउँपालिका–६ का २८ वर्षीय राजु विश्वकर्मा र काठमाडौँ–२६ नयाँबसपार्क बस्ने सुनसरी धरान–१५ का ४२ वर्षीय मदन राई रहेको प्रहरीले जनाएको छ । 
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त खपेटा सहित पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तिसार काठमाडौँ पठाइएको छ ।