विराटनगर– सशस्त्र प्रहरी बल, नेपालले सूचना अधिकारी तथा प्रवक्ताको जिम्मेवारी डीआईजी कालिदास धौवजीलाई दिएको छ।
यसअघि प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका डीआईजी कुमार न्यौपानेलाई सशस्त्र प्रहरी बलको नं. १ बराह बाहिनी मुख्यालय, पकली (सुनसरी)मा बाहिनीपति पदमा सरुवा गरिएपछि धौवजीलाई यो जिम्मेवारी दिइएको हो।
डीआईजी धौवजी यसअघि सशस्त्र प्रहरी बलको नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरीका बाहिनीपति थिए।उनीसँग मोबाइल नम्बर ९८५१२७२००७ र इमेल ठेगाना: [email protected] मार्फत सम्पर्क गर्न सकिने सशस्त्र प्रहरी बलले जनाएको छ।