विराटनगर- कालोपत्रे सडक माटाम्मे भएको यो दृश्य रंगेली-विराटनगर जोड्ने मुख्य सडक खण्डको देवकोटा चोक क्षेत्रको हो ।
महानगरपालिकाको गाडीको लापरवाहीले बाटोभरि झर्ने माटोले बटुवा, सवारी चालक र वरिपरिकाको दैनिकी असहज बन्छ । पानी पर्यो भने हिलाम्मे भएर आवागमनमा कठिनाइ एवं दूर्घटनाको जोखिम बढाउँछ । कडा घाम लागेपछि माटा सुकेर धुलाम्मे भएर हिँडि नसक्नु हुन्छ । घर र पसलभित्र बस्दा पनि मास्क लगाउनु पर्ने हुन्छ ।
महानगरपालिकाले रातिपख सार्वजनिक स्थलको खाल्डाखुल्डी भर्ने काम निःसन्देह सराहनीय र सकारात्मक हो । तर यही काम सावधानीपूर्वक गर्यो भने करोडौँको लागतमा बन्ने सडकको आयु बढ्छ । काम गर्ने क्रममा पोखिएका माटोलाई त्यतिकै छाड्नु भएन, बिहानपख सफाइ कर्मचारी पठाएर बाटो चिटिक्क पार्नुपर्छ । यो हर्कतले जनतालाई दु:ख दिनुका साथै महानगरलाई पनि कुरुप बनाइ रहेको छ । मेयरज्यू, यता तिर पनि सोच्ने कि ?
विराटनगर-७ र ८ का पीडीत स्थानीय