विराटनगर- दुबई हुँदै काठमाडौं झरेका तीन विदेशी महिलासहित ४ जनालाई तीन किलो सात सय ७५ ग्राम सुनसहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । फ्लाई दुबईको एफजेड५७५ उडानबाट आएका चारै जना उज्वेकिस्तानी हुन् ।
राहदानी विवरण अनुसार पक्राउ पर्नेमा अखमदजनोभ्ना डिल्फुजा मारिफालिब, इस्राइलोभ्ना साओदत फैजिवा, गुलामनोभन उमिदा अखमेदोभ र सरदार तुर्सुनोभ भएको प्रहरीले जनाएको छ । यीमध्ये तुर्सुनोभ पुरुष हुन् । भन्सार जाँच पछि निस्कने क्रममा शंका लागेर खानतलासी गर्दा शरीरभित्रबाट सुन बरामद भएको हो । प्रहरीले उनीहरुको मलद्वारबाट सुनको टुक्रा बरामद गरेको छ ।
प्रहरीका अनुसार उनीहरुसँग आठ सुनका टुक्रा बरामद भएको छ। सुन तस्करीमा संलग्न गिरोहले भरियाका रुपमा उनीहरुलाई नेपाल पठाएको प्रहरीको विश्लेषण छ ।