विराटनगर- गरिराखेको कामलाई पनि प्रशिक्षणले झनै तिखार्छ । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) ले टुरिष्ट गाइडदेखि बारटेन्डिङसम्म ३६० जनालाई दिन लागेको तालिम पनि इच्छुकका लागि यस्तै सुन्दर अवसर हो ।
गोरखापत्रमा बुधबार सूचना प्रकाशित गरेर नाथमले टुरिस्ट गाइडमा २०० जना, कुकमा ४० जना, बेकरीमा ४० जना, बारिस्टामा ४० जना र बारटेन्डिङमा ४० जनालाई तालिमका लागि दरखास्त आह्वान गरेको छ ।