विराटनगर– नाबालिका बलात्कारको आरोपमा बर्दियामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्ने गुलरिया–१ का २३ वर्षीय शिवप्रसाद थारु हुन् । 

शिवप्रसादले १४ वर्षीया नानीलाई मंगलबार राति जबरजस्ती करणी गरेको उजुरीको आधारमा सोधपुछ पछि संलग्नता देखिएकोले पक्राउ गरिएको प्रहरीले भनेको छ । प्रहरीले शिवप्रसादलाई बिहीबार साँझ नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाएको बताएको छ ।

अर्को घटनामा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बाँके कोहलपुर–१० चट्टारका २९ वर्षीय राधे किसुन थारूलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । थारूका विरुद्ध पीडित पक्षले उजुरी दिएको केन्द्रीय प्रहरीले जनाएको छ ।