विराटनगर– श्रीमती २४ वर्षीया सुधीरा देवी यादवको हत्याको आरोपमा महोत्तरी औरही नगरपालिका–७ भोईलका ३२ वर्षीय सत्यनारायणलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 
बलवा नगरपालिका–५ मनसिस्वा टोलबाट फर्कने क्रममा घरायसी विवादकै क्रममा सत्यनारायणले बिहीबार राति श्रीमतीलाई इँटा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।