विराटनगर– पर्यटन प्रवर्द्धनका लागि ललितपुर महानगरपालिकाले ई–बग्गी परीक्षण गरेको छ ।
आन्तरिक तथा बाह्य पर्यटकलाई ललितपुरभित्रका मठमन्दिर लगायत सम्पदा क्षेत्रहरू घुमाउनका लागि अहिले ई–बग्गी परीक्षण गरिरहेको महानगरले जनाएको छ ।
परीक्षण सफल भए पछि अन्य ४ वटा ई–बग्गी किनी महानगरले सञ्चालनको योजना बनाएको छ । महानगरका अनुसार पर्यटकलाई पुल्चोक, मंगलबजार, महाविहार, पाटन सुन्धारा, घुमाउन ई–बग्गीको अवधारणा ल्याइएको हो ।