विराटनगर– विराट गोल्डकपको नवौँ संस्करणको रात्रीकालिन खेलअन्तर्गत विराटनगरको सहिद रंगशालामा शनिबार हुने चर्च ब्वाइज यूनाइटेड र एनआरटीबीचको खेल हेर्न १५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिलाहरुलाई निःशुल्क प्रवेश दिने भएको छ ।
अवसरबाट बञ्चित महिलाहरुको सशक्तीकरणका लागि र महिलालाई अवसर प्रदान गर्न विराट गोल्डकपको खेल हेर्न निःशुल्क टिकटको व्यवस्था गरेको विराट गोल्डकप आयोजक समितिका संयोजक नविन रिजालले बताएका छन् ।
विराट गोल्डकपको शुक्रबार भएको खेलमा थ्री स्टार क्लबले डिफेन्डिङ च्याम्पियन मछिन्द्र फुटवल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ ।
विराट गोल्डकप फुटवल ट्रष्टले ‘विराटनगरको साथ, फुटवलको विकास’ मूल नाराका साथ सञ्चालन गरेको नवौं संस्करणको रात्रिकालीन विराट गोल्डकप फुटवल प्रतियोगिता २०८१ मा १० वटा टिम सहभागी छन् ।