विराटनगर-  महाभियोग लगाइएका दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई अदालतले प्रक्रियागत आधारमा पक्राउ गर्न आदेश दिँदै शनिबार  रिहा गरेको छ। 

गत डिसेम्बर ३ मा नागरिक शासनलाई उल्ट्याउने प्रयास गरेको आरोपमा जनवरीमा उनी पक्राउ गरिएका थिए । निलम्बित राष्ट्रपति हाँस्दै विशेष थुनाबाट बाट बाहिर निस्केका थिए।

 ‘म यस देशका जनता सामु कृतज्ञताका साथ शीर निहुराउँछु,’ रिहाइपछि नीजि वकिलमार्फत जारी भएको युनको विज्ञप्तिमा भनिएको छ। एक दिनअघि एक अदालतले प्राविधिक र कानुनी आधार देखाउँदै उनको पक्राउ वारेन्ट रद्द गरेको थियो।

यसको अनुसन्धान गरिरहेका अभियोजनकर्ताहरूले शनिबार एक बयानमा उक्त निर्णयलाई ‘अन्यायपूर्ण’ भनेका छन्। 

अभियोजकहरूले अदालतको फैसलाविरुद्ध अपिल गर्ने  अधिकारबारे सुनुवाइ गर्दै युनलाई रिहा गरिएको थियो। विशेष गरी यो आपराधिक अभियोगमा उनको हिरासतको प्राविधिक विवरणका बारेमा थियो।

महाभियोगलाई कायम राख्ने र औपचारिक रूपमा उनलाई पदबाट हटाउने वा नहटाउने भन्ने विषयमा छुट्टै संवैधानिक अदालतको निर्णयको पनि युनले सामना गर्नुपर्ने छ। 

अभियोजकहरूले भनेका छन्, ‘संवैधानिक अदालतको निर्णय र सम्बन्धित विचारहरूलाई ध्यानमा राख्दै महान्यायाधिवक्ताले टोलीलाई युनलाई हिरासतबाट रिहा गर्न अपील गर्नुको सट्टा सक्रिय रूपमा ‘ट्रायल कोर्ट’मा आफ्ना तर्कहरू प्रस्तुत गर्न निर्देशन दिनुभएको छ।’