विराटनगर– विराट गोल्डकपको साेमबार भएकाे नेपाल पुलिस क्लब र चर्च ब्वाइजबीचकाे अन्तिम सेमिफाइनल खेलकाे पहिलाे हाफ गाेलरहित रह्याे । खेलकाे सुरूमा नेपाल पुलिसले आक्रमक खेलेकाे थियाे भने पछिल्लाे समय चर्च ब्वाइजले पनि आक्रमक खेल्दै खेललाई गाेल रहित राख्याे ।

रात्रीकालिन नवौँ संस्करणको विराट गोल्डकपको आजको खेलका विजेताले उपाधीका लागि फाइनल खेल बुधबार थ्रीस्टारसँग खेल्ने छ । पहिलो सेमिफाइनलमा आइतबार विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई थ्रीस्टारले ३–२ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

विराट गोल्डकप फुटवल ट्रष्टले ‘विराटनगरको साथ, फुटवलको विकास’ मूल नाराका साथ सञ्चालन गरेको नवौं संस्करणको रात्रिकालीन विराट गोल्डकप फुटवल प्रतियोगिता २०८१ को फाइनल खेल फाल्गुन २८ गते हुनेछ ।