विराटनगर-  उदयपुरकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बेलका-५ शिखरमाडीका २४ वर्षीय कृष्ण परियार र भरत बिशुंखेलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

उनीहरूले ती बालिकालाई जबरजस्ती करणी गरेको पीडित पक्षको उजुरीको प्रहरीले पक्राउ गरेको हो ।

 यो सम्बन्धमा पीडित बालिकाको बयान, प्रकृति मुचुल्का र पीडक पक्षसँगको सोधपुछको आधारमा आवश्यक अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।