विराटनगर– गैरकानूनी रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास संचालनमा संलग्न रहेको अभियोगमा पर्सा वीरगंजका १९ वर्षीय धिरज पटेललाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल सरकारको कुनै पनि निकायबाट अनुमति नलिइ उक्त सेवा संचालन भइरहेको सूचनाको आधारमा प्रहरीले कारवाही गरेको हो । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले नेपाल टेलिकम र एनसेल प्रालिको प्राविधिक सहयोगमा वीरगंज-१६ र ३० स्थित घरबाट अवैध कल बाइपासमा प्रयोग भएको उपकरणहरू सहित उनलाई पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट भीओआईपी गेटवे ३२ पोर्टको २ वटा, १८ पोर्टको १ वटा, १४ सिम कार्ड, ४ राउटर , दुई ल्यापट २ , दुई ब्याट्री, दुई इन्भर्टर , एक कनेक्टर , एक मोबाइल र एक पेनड्राइभ समेत बरामद गरेको छ ।
पटेल विरुद्ध दूरसंचार ऐन, २०५३ अन्तर्गतको कसुरमा पर्सा जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।