विराटनगर– नेपाल पत्रकार महासंघले राजावादीकाे आन्दाेलनका क्रममा पत्रकार सुरेश रजककाे हत्या र मिडिया हाउसहरूमा भएकाे आक्रमणविरूद्ध शनिबार देशभरि प्रदर्शन गरेकाे छ ।

पत्रकार महासंघ माेरङले विराटनगरमा विराेध प्रदर्शन गरेकाु हाे । पत्रकारकाे हत्यारालाई कारवाही गर, मिडिया हाउसमाथिकाे आक्रमण बन्द गरलगायतका नारा लेखिएकाे प्लेकार्डसहित महासंघले विराटनगरमा प्रदर्शन गरेकाे छ ।

नेपाल पत्रकार महासंघले काठमाडाैंस्थित माइतिघर मण्डलामा प्रदर्शन गरेकाे छ । यस्तै, देशभरि रहेका जिल्ला पत्रकार महासंघ शाखाहरूले विराेध प्रदर्शन गरेकाे हाे । पत्रकार महासंघले पहिलाे चरणकाे कार्यक्रमअन्तर्गत विराेध प्रदर्शन गरेकाे छ । शनिबार बस्ने पत्रकार महासंघकाे बैठकले पत्रकारकाे हत्या र मिडिया हाउसमाथि राजावदीकाे आन्दाेलनका क्रममा भएकाे आक्रमणकाे विषयमा अैापचारिक धारणा सार्वजनिक गर्दै छ ।

काठमाडाैंमा शुक्रबार भएकाे राजावादीकाे आन्दाेनकाे घरभित्रबाट भिडियाे खिच्ने क्रममा उक्त घरमा गरिएकाे आगजनीमा जलेर एभिन्यूजका पत्रकार सुरेश रजककाे मृत्यु भएकाे छ । हिंसात्मक बनेकाे राजावादीकाे आक्रमणले मिडिया हाउसमा पनि आक्रमण गरेकाे थियाे ।