सिरहा– आठौँ अन्तर्राष्ट्रिय गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको शनिबार सम्पन्न दोस्रो दिनको खेलमा चात्या सा फुटबल क्लब झापा, दमक विजय भएको छ । दमकले मनोहरा एकीकृत युवा क्लब काठमाडौंलाई १–० गोलले पराजित गर्दै विजयी भएको हो।
चात्या सा फुटबल कल्वका डेनियलले खेल सुरुभएको १४ औँ मिनेटमा नै गरेको १ गोल निर्णायक रहयो । डेनियल नै खेलको म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगिताको पहिलो विजेता टिमलाई ४ लाख १ हजार रुपैयाँ नगद र उपविजेताले २ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने छन् । गोल्डकपको आइतबारको खेल घरेलु टिम गोलबजार स्पोर्ट्स क्लब र इनरुवा फुटबल क्लब सुनसरीबीच हुने आयोजकले जनाएको छ ।