काठमाडौं– इस्लाम धर्मावलम्बीहरूको पर्व इदको अवसरमा सरकारले सोमबार (चैत १८) सार्वजनिक बिदा दिएको छ ।
‘इस्लाम धर्मावलम्बीहरूको पर्व इद (इद उल फित्र)का दिन सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त पर्वको अवसरमा मिति २०८१ चैत १८ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ गृह मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ ।