विराटनगर– स्वास्थ्य तथा जनशख्यमन्त्री प्रदिप पौडेलले लोकतान्त्रिक गण्तन्त्रको विकल्प अरु कुनै व्यवस्था हुन नसक्ने बताएका छन् । विराटनगरमा सोमबार पत्रकारहरुसँग कुरा गर्दै मन्त्री पौडेलले अहिलेको संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा कुनै समस्या वा वेथिति छ भने त्यसलाई सुधार गर्दै परिष्कृत गरेर अघि बढ्नुको विकल्प नभएको बताएका हुन् ।
‘नागरिक स्वतन्त्रता, नागरिक अधिकार तथा आफूले चाहेको जनप्रतिनिधि राज्य सञ्चालनका लागी पठाउन चाहने हो भने अहिलेको व्यवस्थाको विकल्प अरु कुनै व्यवस्था हुन सक्दैन,’ मन्त्री पौडेलले भने, ‘लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थमा अहिले केही समस्या होलान, त्यसलाई सुधार गर्दै अघि वढनुपर्छ । यो व्यवस्थको विकल्प खोज्ने कुरा जनताको अहित र नागरिक स्वतन्त्रताको विरुद्धमा हुने प्रष्ट छ ।’
मन्त्री पौडेलले गणतन्त्रको विकल्पमा कुनैपनि व्यवस्था ल्याउन खोजिए त्यस्तो विचारलाई परास्ता तथा निषेध गर्नु आवश्यक रहेको वताए । स्वास्थ्य विमालाई व्यवस्थित गर्दै यस्को दायित्व पूरा गर्न नागरिकको योगदानमा आधारित एकिकृत प्रणालीको विकास गर्नु आवश्यक रहेको उनको भनाइ थियो ।
मन्त्री पौडेलले आफूले स्वास्थ्य विमा हटाउने तथा विस्थापित गर्ने कुरा कहिले नगरेको भन्दै विमाको मोडालिटिमा परिवर्तन गरेर हरेक नागरिकलाई विमामा योगदान गर्ने गरी राज्यले नीति वनाउनेपर्ने कुरामा जोड दिए । उनले स्वाथ्य विमामा राष्ट्रसेवक कर्मचारी तथा विभिन्न सरकारी तथा गैर सरकारी सबै संघ सस्थाहरुले योगदान गर्ने वातावरण वनाउन सके नेपालको संविधान बमोजिम आम नगरिकले निःशुल्क रुपमा स्वास्थ्य सेवा पाउने र आफुले ल्याएको योजना कार्यान्यन हुन सके नेपालमा स्वास्थ क्षेत्रमा समाजवाद आउने दावी गरे ।