विराटनगर- शुक्रबार बिहान विराटनगरमा समेत भूकम्पको झट्का महसुस गरिएको छ । बिहान २ बजेर ५१ मिनेटमा गएको भूईंचालोसँगै स्थानीय चिच्याउँदै घरबाट बाहिर निस्केका थिए । सिन्धुपाल्चोकको लिस्तीकोटको दुई किलोमिटर वरपर केन्द्रविन्दु बनाएर ५.१ रेक्टरको भूकम्प गएको गूगल म्यापले देखाएको छ।
तर भूकम्प मापन केन्द्रका अनुसार ६.१ म्याग्निच्युडको भूकम्प गएको हो । सिन्धुपाल्चोकको भैरव कुन्ड आसपासमा केन्द्रबिन्दु भएको केन्द्रले जनाएको छ ।
भूकम्प १० किलोमिटर गहिराइबाट गएको मापन भएको छ । भूकम्पको सिन्धुपाल्चोकसहित काठमाडौं उपत्यका, आसपासका जिल्ला , पूर्वको विराटनगर लगायत कोशी प्रदेश, मधेस प्रदेश र भारतको दार्जिलिङ सम्म झट्का महसुस भएको छ ।
यसले पारेको असर बारे विस्तृत विवरण आउन बाँकी छ…