विराटनगर– काठमाडौंको कोटेश्वर बहुमुखी क्याम्पसका विद्यार्थीले रेविका खत्रीका लागि न्यायको माग सहित प्रदर्शन गरेका छन् ।
चैत १५ मा तीनकुनेमा राजावादीहरूद्वारा आयोजित आन्दोलनमा प्रहरीको गोली लागी गंभीर घाइते भएकी रेविकाको मीनभवनस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । रेविका उक्त क्याम्पसमा बीबीएस तेस्रो वर्षमा अध्ययनरत छात्रा हुन् ।
विरोध स्वरुप विद्यार्थीले मंगलबार जडिबुटीमा केहीबेर चक्काजाम गरे । कोटेश्वरमा कोणसभा गर्दै निर्दोष रेविकामाथि गोली प्रहार गरिनु खेदजनक रहेको बताए । रेविकालाई कोटेश्वरको भाटभटेनी नजिकै हिँडिरहेका बेला गोली लागेको थियो । ‘यदि रेविकाको खर्च सरकारले लिन मानेन भने थप न्यायका लागि आवाज उठाइरहने छौं,’ क्याम्पसका स्ववियु सभापति सञ्जय बुढाथोकीले भने ।