काठमाडौं– सरकारले मेडिकल सहायतासहितको नेपाली सेनाका २२ सदस्यीय टोली हेलिकप्टर मार्फत बुधबार म्यानमारमा पठाएको छ ।

टोलीमा भूकम्प प्रभावितका लागि औषधि, उपकरणसहित सर्जन, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिकहरू छन् । उक्त टोलीले करिब साताभरि म्यानमारमा रहेर भूकम्पका घाइतहरूको स्वास्थ्य उपचार गर्ने नेपाली सेनाले बताएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार म्यानमारको ताजा भूकम्पमा अहिलेसम्म दुई हजार ५६ जनाको मृत्यु भइसकेको । तीन हजार ९ सय भन्दा बढी घाइते छन् ।

चार दिन बितिसक्दा पनि उद्धार टोलीहरू राहत सामग्री वितरण गर्न संघर्ष गरिरहेका छन् । सञ्चार सेवा अवरुद्ध भएका कारण धेरै प्रभावित क्षेत्रहरूमा अझै सम्पर्क स्थापित हुन सकेको छैन ।