विराटनगर– मोरङ प्रहरीले एक टनभन्दा बढी गाँजासहित दुई जनालाई प्रक्राउ छ । जिल्ला प्रहरी मोरङबाट खटिएको टोलीले बिहीबार सीमावर्ती जहदा गाउँपालिका ७ सितमटोलस्थित उमेश कामतको घरबाट ३४ वटा कालो प्लाष्टिकमा प्याक गरेको १ हजार ८८ किलो गाँजा बरामद गरेको छ । गाँजासँगै २७ वर्षीय कामतलाई समेत नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी मोरङका प्रवक्ता वेदप्रकाश जोशीका अनुसार जहदा ५ स्थित अरबिन्दकुमार साहको घरबाट १५ किलो गाँजा बरामद गरेको हो । गाँजा भण्डारण गरेको सूचनाका आधारमा छापामारी गर्दा कामत र साहको घरबाट ११ सय ३ किलो गाँजासहित दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको डिएसपी जोशीले बताए ।