विराटनगर – विद्यालय शिक्षा ऐन जारी गर्नका लागि दबाब दिन शिक्षकहरूले आइतबार काठमाडौँमा सिटी (सिठी) जुलुस निकालेका छन् । २० चैतदेखि काठमाडौं केन्द्रित प्रदर्शन गरिरहेका शिक्षकहरूले माइतीघरदेखि बानेश्वरसम्म सिटी बजाएर सरकारको ध्यानाकर्षण गराएका हुन् ।

नेपाल शिक्षक महासंघको आह्वानमा काठमाडौँमा भेला भएका शिक्षकहरूले सरकारले चैत्र २५ सम्म पनि मागहरू पूरा नगरे शैक्षिक हड्ताल गर्ने चेतावनी दिएका छन् । गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षकहरू २०८१ माघ २० देखि निरन्तर आन्दोलनमा छन् ।