जीवनका ती अनेक रंगहरु, जहाँ रंग थिएन ।
रंग बदल्ने मानिसहरु कुनै कम थिएन
जो रंग बदल्न माहिर थिएन ।
ऊसँग रंग बदल्न रंग थिएन ।
संसारमा रंगहरुको कुनै कमी थिएन ।
जीवनमा रंग नभएकाको रंगमञ्च थिएन ।
रंग बदल्नेहरुको जीवनमा कमी थिएन ।
रंग बदल्नेहरुको रंगमञ्चको कमी थिएन ।
जीवनको दौडमा रंग भेट्नै सकिएन
गाढा र फिक्का रंग चिन्नै सकिएन ।
जीवन रंगिन बनाउनै सकिएन
रंगीन जीवनको रंग हेर्नै सकिएन ।
दुःखै दुःखको जीवनमा सुखको रंग हेर्नै सकिएन
रंग बदल्नेहरुका बीच रंग देख्नै सकिएन
सोधे विधातालाई जीवनको रंग देख्नै सकिएन
रंगीन जीवनको रंग देख्नै सकिएन
संसारमा रंग बदल्नेहरुको कुनै कमी थिएन
रंगीन थियो संसार उसको जो इमानदार थिएन
निष्ठा, प्रतिष्ठा, इमान, नैतिकताको रंग थिएन
रंग बदल्नेहरुको जीवनमा कमी थिएन ।
धैर्यता, सहिष्णुता र मानवताको रंग थिएन
समता, समानता र एकताको रंग थिएन
कही कतै रंगको कुनै गन्ध थिएन
रंग बदल्नेहरुको जीवनमा कमी थिएन ।
संसारमा कुनैपनि रंगमा रंग थिएन
धनी, विद्वान र सुन्दरीको कमी थिएन
धनी, गरिवको रंग अनेक थिएन
रंग बदल्ने मानिसहरु कुनै कम थिएन
सिउँदोको सिन्दुरमा रंग थिएन
कैदीबन्दीको कुनै रंग थिएन
दिनदुःखी गरीवको घरमा रंग थिएन
गरीवको जीवन रंगीन थिएन
विधाता सँग कुनै रंग थिएन
सेतो कात्रोमा कुनै रंग थिएन
जीवनको आशा र भरोशामा कुनै गन्ध थिएन
विधातालाई सोधे कात्रोको रंग भएन
विधाताले भने मसँग कुनै रंग थिएन ।
भाग्य लेख्ने विधातासँग कुनै रंग थिएन