विराटनगर– राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०) ले २०८१ को माध्यामिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको जानकारी दिएको छ ।

बोर्डको अनुसार ७ चैतबाट सुरु हुने परीक्षाका लागि सिम्बोल नम्बर, प्रश्नपत्र र उत्तरपुस्तिका अधिकांश केन्द्रमा पुगिसकेको र केहीमा पुग्ने क्रममा  छ । ‘हाम्रो तर्फबाट तयारी पूरा भएको छ,  जिल्लाजिल्लामा केन्द्राध्यक्षको अभूमिखीकरण भएको छ,’ परीक्षा नियन्त्रक नन्दलाल पौडेलले भने ।

पछिल्लो तथ्यांक अनुसार परीषामा सहभागी हुनेको संख्या ५ लाख ८ हजार ३ सय ९०  छ । परीक्षाका लागि ५ लाख २२ हजारले फारम भरेका थिए । २ हजार ७९ परीक्षा केन्द्र तोकिएको बोर्डले जनाएको छ । परीक्षाको सुरक्षाको व्यवस्था जिल्लास्थित सुरक्षा निकायले मिलाउने जनाइएको छ ।