विराटनगर- बबरसिंह-देवकुमारी थापा सेवा गुठी विराटनगरले महावीर पुन र नर सेवा नारायण सेवा परिवारलाई बिहीबार पुरस्कृत गरेकाे छ ।

गुठीले ५१ हजार राशीकाे देवकुमारी थापा समृति पुरस्कार बिरगञ्जमा कृषि अैाजार कारखाना सञ्चालनका आत्मकथा पुस्तक बिक्री गरिरहेका वैज्ञानिक पुनलाई र काेशी अस्पतालका बिरामी र कुरूवालाई दैनिक निःशुल्क खाना खुवाउँदै आएकाे नर सेवा नारायण सेवा परिवार विराटनगरलाई २५ हजार राशीकाे बबरसिंह थापा स्मृति पुरस्कार प्रदान गरेकाे हाे ।

राजनीतिक बिशलेषाक प्राध्यापक कृष्ण पाेखरेलले पुन र नर सेवा नारायण सेवा परिवारका उपाध्यक्ष देवकीनन्दन अग्रबाललाई हस्तान्तरण गरेका हुन् ।