विराटनगर- प्रधानमन्त्री केपी शर्मा ओलीले काेशी प्रदेश सरकारले आयाेजना गरेकाे दुई दिने पहिलाे प्रदेश लगानी सम्मेलनकाे उद्घाटन गरेका छन् ।
विराटनगरस्थित विरेन्द्रसभा गृहमा बिहीबार सुरू भएकाे लगानी सम्मेलनमा १ खर्ब ७३ अर्ब ४९ कराेड लागतका ७१ वटा परियाेजना ´साेकेसिङ` गरिएकाे छ । लगानी सम्मेलनमा चीन, रूस, अमेरिका, दक्षिण काेरिया, भारत लगायतका देशका लगानीकर्ता र गैरआवासीय नेपालीहरूका साथै स्वदेशी उद्याेगी व्यवसायीहरूकाे सहभागिता रहेकाे प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. सराेज काेइरालाले बताएका छन् ।