काठमाडौँ— महानिरीक्षकको सचिवालयमा कार्यरत एसएसपी रमेश थापालाई नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता नियुक्त गरिएको छ। नेपाल प्रहरीले सम्पादन गर्ने जनसरोकारका कार्यहरूलाई यथार्थपरक तथा तथ्यमा आधारित ढंगले सञ्चारमाध्यममार्फत सम्प्रेषण गर्नका लागि थापालाई प्रवक्ताको जिम्मेवारी दिइएको हो।
नेपाल प्रहरी प्रवक्ता कार्यालयका अनुसार यो नियुक्ति बुधबारबाट औपचारिक रूपमा कार्यान्वयनमा आएको हो। नव नियुक्त प्रहरी प्रवक्ता थापासँग सम्पर्क गर्न चाहनेले ९८५१२९२१११ नम्बरमा फोन गर्न वा [email protected] मा इमेल गर्न सक्नेछन्।