विराटनगर– नेपाल राष्ट्र बैंकले आज (जेठ ५, सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरोको खरिददर १५२ रुपैयाँ ४० पैसा र बिक्रीदर १५३ रुपैयाँ ०७ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड स्टर्लिङको खरिददर १८१ रुपैयाँ २२ पैसा र बिक्रीदर १८२ रुपैयाँ ०२ पैसा, स्वीस फ्र्याङ्कको खरिददर १६२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६६ पैसा तोकिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ४१ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८० पैसा, क्यानाडियन डलरको खरिददर ९७ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९८ रुपैयाँ १८ पैसा, तथा सिङ्गापुर डलरको खरिददर १०५ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०५ रुपैयाँ ४९ पैसा कायम गरिएको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९ रुपैयाँ ४२ पैसा छ भने चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९ रुपैयाँ ०२ पैसा निर्धारण गरिएको छ।

साउदी अरेबियन रियालको खरिददर ३६ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६ रुपैयाँ ५६ पैसा, कतारी रियालको खरिददर ३७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६२ पैसा, र थाइ भाटको खरिददर ४ रुपैयाँ ०९ पैसा तथा बिक्रीदर ४ रुपैयाँ ११ पैसा तोकिएको छ।

युएई दिरामको खरिददर ३७ रुपैयाँ १७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३४ पैसा, मलेसियन रिङ्गेटको खरिददर ३१ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९२ पैसा कायम गरिएको छ।

साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९ रुपैयाँ ८० पैसा छ भने स्विडिस क्रोनरको खरिददर १३ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४ रुपैयाँ ०२ पैसा, डेनिस क्रोनरको खरिददर २० रुपैयाँ ४३ पैसा र बिक्रीदर २० रुपैयाँ ५२ पैसा तोकिएको छ।

हङकङ डलरको खरिददर १७ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७ रुपैयाँ ५५ पैसा, कुवेती दिनारको खरिददर ४४४ रुपैयाँ ०४ पैसा र बिक्रीदर ४४५ रुपैयाँ ९९ पैसा, बहराइन दिनारको खरिददर ३६२ रुपैयाँ १२ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ७१ पैसा, ओमनी रियालको खरिददर ३५४ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३५६ रुपैयाँ १५ पैसा रहेको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।राष्ट्र बैंकले आवश्यकतानुसार विनिमय दर जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने दर फरक हुन सक्ने र अद्यावधिक विनिमय दर नेपाल राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने जानकारी दिइएको छ।
 

#अमेरिकी# डलर