विराटनगर — वाशु शशी स्मृति परिषद्का अध्यक्ष तथा उम्दा स्रष्टा गणेश रसिकको मंगलबार बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भएको छ । 

उनको ७८ वर्षको उमेरमा आइतबार बिहान ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा प्रोस्टेट क्यान्सरको उपचारको क्रममा निधन भएको हो।

दिवंगत रसिक नेपाली साहित्य तथा सिर्जनात्मक क्षेत्रका एक सम्मानित व्यक्तित्व थिए। लामो समयदेखि सर्जक, समालोचक र संस्थापक अभियन्ताको रूपमा सक्रिय रहँदै आएका रसिकको निधनप्रति साहित्यिक क्षेत्रले गहिरो शोक व्यक्त गरेको छ।

अन्तिम संस्कार अगाडि मंगलबार बिहान ९ बजेदेखि ११ बजेसम्म पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृह परिसरमा अन्तिम दर्शन गर्न सकिने उक्त परिषद्ले जनाएको छ । भावपूर्ण बिदाइ तथा श्रद्धाञ्जलीका लागि नातागोता, छरछिमेक, गाउँले तथा शुभचिन्तकहरूलाई उपस्थित हुन परिवारजनले आग्रह गरेका छन्।

भावपूर्ण श्रद्धाञ्जली !

#गणेश #रसिक